काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको आज दोस्रो दिन । यसअघि लागू गरिएको लकडाउन कै झल्को दिने गरी उपत्यकाका सडकहरु सुनसान बनेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले एक हप्ता लामो निषेधाज्ञा लगाएको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन ३ हजारभन्दा बढी सुरक्षाकर्मीहरु सडकमा परिचालन गरिएका छन् ।

निषेधाज्ञाको पहिलो दिन बिहीबार सयौँ सवारी साधान कारवाहीमा परेका थिए भने सयौँ पैदलयात्रुलाई समेत कारवाही गरिएको थियो । प्रशासनले निषेधाज्ञामा कडाई गरेपछि आज बिहीबारको तुलनामा पनि कम सवारीसाधानहरु चलेका छन् ।

अत्यावश्यक सेवाका सवारीसाधानहरुलाई भने निर्वाधरुपमा चल्न दिइएको छ ।