नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयाेर्क फर्किँने
खबर एक्सप्रेस
२०८०-०७-१५ ०९:०२ मा प्रकाशित
Total Shares: 134
काठमाडौं-नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयाेर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुगेका थिए ।
नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस