काठमाडौं - केही समयदेखि उत्कर्षमा पुगेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको आन्तरिक विवाद समाधान भएको छ ।

शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुबीचको बैठकले लामो समयदेखि यथावत विवादलाई टुंगो लगाएको हो ।

संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएको पौडेल समूहले १४ औँ महाधिवेशनको कार्यतालिका स्वीकारेको स्रोतले बताएको छ । सा्रेतका अनुसार पार्टीको महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्मै गरे पनि तल्ला तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने, निलम्बन गरिएको विधानका धारा फुकुवा गर्ने सहमति जुटेको हो ।

गत पुस ११ गते सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारकाबीच केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए तर पौडेल समूहले गत मंसिर २६ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको थियो ।

यस्तै, तरुण दलको म्याद थपको निर्णय यथावत राख्दै नेविसंघको विषयमा भने सहमतीय आधारमा निर्णय लिने पनि सहमति भएको छ ।