ठूलो स्वरले हल्ला गरेको भन्दै रुसमा पाँच जनाको गोली हानी हत्या
खबर एक्सप्रेस
२०७६-१२-२४ ०१:०१ मा प्रकाशित
Total Shares: 270
एजेन्सी - ठूलो स्वरले हल्ला गरेको निहुँमा रुसमा पाँच जनाको गोली हानेर हत्या भएको छ । कोरोना भाइरसका कारण स्थानीय बासिन्दालाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउको सडकमा बसेर ठूलो स्वरले हल्ला गरिरहेका थिए ।
आफ्नो घरबाहिरको सडकमा बसेर हल्ला गरेको भन्दै नजिकैको घरका एक व्यक्तिले उनीहरुको गोली हानी हत्या गरेका हुन् । मृत्यु भएकामध्ये चार जना पुरुष र एक जना महिला छन् ।
प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस