विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं,विराटनगर - विराटनगरमा २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत झापा र मोरङ घर भएका दुई जनाको बुधबार बिहान मृत्यु भएको हो ।
अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको हो । उनमा मधुमेहको समस्या थियो ।
फेसबुक पेज Like गर्नुहोस