सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टीको केन्द्रीय समिति बैठक जारी भइरहँदा नेकपाले सचिवालय बैठक बोलाएको हो ।
नेकपाले आइतबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएको हो । नेकपाको जारी केन्द्रीय समिति बैठक आइतबार दिउँसो ११ बजेका लागि बोलाइएको छ ।
सचिवालय बैठकमा केन्द्रीय समिति बैठकमा उठेका सवालहरुलाई के कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल हुने बताइएको छ । बैठकमा एमसीसी, सीमा समस्या, नेताको सम्पत्ति छानबिन, शासकीय स्वरुप लगायतका विषयहरु उठाइएको छ ।
बुधबारबाट सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा मात्र बसेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आइतबार बस्ने सचिवालय बैठकमा सहभागी हुँदै सभागृहमा हुने केन्द्रीय समिति बैठकमा पनि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस