काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले गए रातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यसूचीअनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच वृद्धि गरिएको छ । 

परिवर्तित मूल्यअनुसार, डिजलरमट्टीतेलको प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ । तर पेट्रोलको भने यथावत् राखिएको निगमले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।