मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०५-२३ ११:१५ मा प्रकाशित
Total Shares: 430
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस