भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो
खबर एक्सप्रेस
२०७९-०८-१० ०९:५९ मा प्रकाशित
Total Shares: 246
काठमाडौं,मोरङ - एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् ।
शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् ।
०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस