काठमाडौं - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् ।

सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामबाट आफुहरु सन्तुष्ट रहेको बताएका हुन् ।

असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए।

ओली सरकारका कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताए । सरकारका कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेकोसभापति देउवाको भनाइ छ। कांग्रेस-एमाले गठबन्धन सरकार पूरा कार्यकाल चल्ने पनि सभापति देउवाले बताए।