काठमाडौं - नेपालमा आज थप  १ हजार ४५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४५९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५६ हजार ७८८ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । पछिल्लो २४ घन्टामा १०६२ जना डिस्चार्ज भएका छन् ।