कोशी अस्पतालमा एक कोभिड संक्रमति महिलाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१२ ०२:०८ मा प्रकाशित
Total Shares: 264
सिरहा - विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा लहान–९ खुट्टीपारि घर भएकी बृद्ध महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
दिर्घरोगी रहेकी उनको स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
उनमा बिहीबारनै कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था थप गम्भिर बन्दै गएपछि उनलाई ४ घण्टा भेन्टिलेटरमा राखेर उपचार गरिएको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
योसँगै सिरहामा कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस