फेरि बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०५-३० १२:२४ मा प्रकाशित
Total Shares: 815
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार पनि सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस