नेता नेम्बाङको शव श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने
खबर एक्सप्रेस
२०८०-०५-२६ ०६:१५ मा प्रकाशित
Total Shares: 89
काठमाडौं - ह्दयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्बाङको शव श्रद्धान्जलीका लागि पार्टी मुख्यालयमा राखिने भएको छ।
गएराति ७१ वर्षको उमेरमा निधन भएका उनको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्बाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस