विद्यार्थीहरुले खोप पाउनुपर्ने भन्दै माइतिघरमा नेविसंघको प्रदर्शन
काठमाडौं - विद्यार्थीहरुलाई कोरोनाभाइरस विरुद्धको खोपको पहिलो अधिकार दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँको माइतिघरमा प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघले विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप दिइनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।
विद्यालय तथा क्याम्पसहरु खुल्दा जोखिम बढेको भन्दै नेविसंघले खोपमा विद्यार्थीहरुलाई प्रथामिकतामा राख्नुपर्ने माग राखेर प्रदर्शन भएको हो । नेविसंघका महामन्त्री दिपक भट्टराईले सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विद्यार्थीहरुले खोप लगाउनुपर्ने माग राख्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको महामन्त्री भट्टराईले बताए । ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रर्दशन गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस