ट्रम्पले डब्ल्यूएचओलाई दिए चेतावनी
खबर एक्सप्रेस
२०७६-१२-२६ ०८:४९ मा प्रकाशित
Total Shares: 461
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई चेतावनी दिएका छन् । कोरोनाभाइरसबारे संगठनले पहिले नै सचेतना जारी गर्नुपर्ने भन्दै चेतावनी दिएका हुन् ।
डब्ल्यूएचओले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो त्यो दिन ट्रम्पले यो भाइरसलाई झुटो बताएका थिए ।
ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले डब्ल्यूएचओलाई दिने पैसा माथि रोक लगाउनेसमेत बताएका छन् ।
अमेरिकामा कोरोना टास्क फोर्सका प्रमुख डा। एन्थोनी फाउचीले यो महामारीले अमेरिकामा जातीय भेदभाव बढाएको बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस