काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

अनुसन्धान केन्द्रले भूकम्प गएको ठाउँ नेपालको ओलाङचुङगोला र चीनको सीमा भएको जनाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन । ओलाङचुङगोलामा भूकम्पले कुनै क्षति भने नभएको बताइएकाे छ ।