आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप
खबर एक्सप्रेस
२०८१-०४-०५ ०२:५७ मा प्रकाशित
Total Shares: 70
काठमाडौं- नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।आइतबार अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो ।
प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन समस्या रहेको छैन । काँग्रेस-एमाले विश्वासको मतमा दुई तिहाइ समर्थन जुटाउने कसरतमा लागिरहेका छन् ।त्यस्तै प्रधानमन्त्री ओलीलाई तीन विपक्षी दल माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस