स्कटल्यान्डविरूद्ध करण केसी र भीम सार्कीले नखेल्ने
खबर एक्सप्रेस
२०८१-०७-१९ ०६:४८ मा प्रकाशित
Total Shares: 57
काठमाडौं-आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार स्कटल्यान्डविरूद्ध करण केसी र भीम सार्कीले नखेल्ने भएका हुन्।
चोटका कारण केसी र शार्की टिमबाट बाहिरिएको क्यानले जनाएको छ । उनीहरुको स्थानमा देव खनाल र सागर ढकाल टिममा समावेश गरिएको छ ।
करण अमेरिका विरुद्धको खेलमा बलिङका क्रममा घाइते भएपछि बाँकी खेल खेलेनन् ।
क्यानले सोमबार स्टेटमेन्ट जारी गर्दै चोटका कारण करणसँगै भिम पनि टिम बाट बाहिरिएको जनाएको छ ।
नेपाली टिमसँगै रिजर्भ खेलाडीका रुपमा रहेका देव र सागर अब १५ सदस्यीय टिममा समावेश हुनेछन् ।
फेसबुक पेज Like गर्नुहोस