ऐन कानुन मिचेर स्थानीय सरकारको करोडौँ खर्च
खबर एक्सप्रेस
२०७६-०६-२७ ११:०० मा प्रकाशित
Total Shares: 587
काठमाडौं - सप्तरीका स्थानीय तहहरुले ऐन कानुन लत्याउँदै करोडौँ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ , आर्थिक कार्यविधि ऐन २०५५, सार्वजनिक खरिद ऐन, स्थानीय सरकारका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले ल्याएको ऐन लत्याउँदै यहाँका स्थानीय तहले मनपरी खर्च गरिरहेको निष्कर्ष महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक वर्ष ०७४÷०७५ मा १४ करोड रुपैयाँभन्दा बढी अनियमित खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस