काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी दिनमा राजदूत सिफारिस समावेशी बनाउने बताएकी छन् ।संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् । उनले राजदूत सिफारिस जति समावेशी हुनु पर्ने हो त्यो हुन नसकेको बताइन्।परराष्ट्रमन्त्री राणाले भनिन्,‘जति समावेशी हुनुपर्ने हो त्यो हुन सकेको छैन। मन्त्री र सांसद एकअर्काका पूरक हुन्, पुनरवलोकन गर्न र राम्रो बनाउने जिम्मा पनि संसदीय समितिको हो । सुझावअनुसार म मन्त्रिपरिषदमा कुरा अघि बढाउँछु।’राजदूत सिफारिसमा दलित समुदाय, मुश्लिम समुदायलगायत समावेश हुन नसकेको उनको भनाई छ ।

परराष्ट्रमन्त्री राणाले महिलाको संख्या पनि कम रहेको बताइन्। उनले समावेशी बनाउनका लागि निर्देशिकामै अब किटान गरेर राख्ने हो कि भन्ने कुरा पनि राखेकी थिइन्।उनले ५० प्रतिशत राजदूत कर्मचारीबाट आउने र ५० प्रतिशत राजनीतिक नियुक्त हुने भनिए पनि त्यहाँ पनि समावेशी गर्न नसकिएको बताइन्।