सरसफाइका क्रममा पेस्तोल पड्किँदा हवल्दार घाइते
खबर एक्सप्रेस
२०७७-०४-११ ०५:५७ मा प्रकाशित
Total Shares: 265
रुकुमपश्चिम - पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन्।
नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन्।
सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रजिअ पौडेलले बताए।

.gif)




फेसबुक पेज Like गर्नुहोस