भक्तपुर - कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा अर्का एक महिलाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८ की ५३ वर्षीया महिलाको कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । भेण्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

थाईराईड रोगबाटसमेत पीडित उनको उपचारको क्रममा कोरोना पोजेटिभ देखिएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिएका छन् ।

मृतक एक हप्ता अघि अस्पतालमा भर्ना भएका थिए । यो सँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।