अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार
खबर एक्सप्रेस
२०७८-०७-०३ ०४:२० मा प्रकाशित
Total Shares: 326
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका हुन् ।
यसअघि नेपाल साफ च्याम्पियनसिपको २८ बर्षे यात्रामा पहिलोपटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।
यस्तै. उनले फाइनल खेल अन्तिम खेल हुने बताउँदै नेपाल समेत नजाने बताएका थिए । सोहीअनुसार नेपाल उपविजेता भएर स्वदेश फर्कदा अब्दुल्लाह नेपाल नआइ सिधै कतार गएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस