काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । उपनिर्वाचनपछि काँग्रेसको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने बैठकमा चुनावी समीक्षा, पार्टीको आगामी रणनीतिलगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।
मंसिर २६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

.gif)


