काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार प्रतितोलामा सात सय रुपैयाँले बढेर ९० हजार ९ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।