घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७७-१०-१४ ११:१६ मा प्रकाशित
Total Shares: 392
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ७ सयले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस