नेपाल फर्किए राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरी
काठमाडौै - राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किएका छन् ।
विश्वकप र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरु सकिएपछि कुवेतमै रहेका अलमुताइरी शनिबार बिहान काठमाडौं फर्किएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्यद्धय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले त्रिभुवन विमानस्थलमा अलमुताइरीलाई स्वागत गरेका थिए ।
विश्वकप छनोटको दोस्रो चरणका खेलहरु सकेर नेपाली टिम गत आईतबार स्वदेश फर्किसकेको छ । अलमुताइरी भने व्यक्तिगत कामका कारण कुवेतमा रहेका थिए ।
कुवेती प्रशिक्षक अलमुताइरीको नेतृत्वमा नेपालले विश्वकप छनोट अन्तर्गतका बाँकी खेल चाईनिज ताइपे, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । उनकै पहलमा नेपालले विश्वकप छनोट अघि ईराकसंग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।
अलमुताइरी प्रशिक्षक बनेपछि नेपालको खेल्ने शैली र खेलाडीको मानसिकतामा परिवर्तन आएको खेल विश्लेष्क बताउँछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस