काठमाडौं,रसुवा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री खान नपाएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हर्‍याक–हर्‍याक गरिरहेको टिप्पणी गरेका छन् ।

एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको बताए ।

नेता नेपालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने,‘हामी अहिले एउटा अभियानमा छौं, एकजना मान्छे प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो हर्‍याक–हर्‍याक गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू प्रधानमन्त्री हुन्छु कि भनेर नेता नेपाल छ्टपटाएको आरोप लगाए । आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको उनले स्पष्टसमेत पारेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमाले–माओवादी गठबन्धनलाई समर्थन गर्दा आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्त राखेका थिए ।

अहिले समीकरण फेरबदल हुने आशंकाबीच आफू प्रधानमन्त्री नबन्ने संकेत पाएपछि उनी गुनासो गर्दै आइरहेका छन् ।