बेलायतकी महारानी एलिजावेथको निधन
खबर एक्सप्रेस
२०७९-०५-२४ ०७:३७ मा प्रकाशित
Total Shares: 211
काठमाडौं, एजेन्सी - बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। ९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको बिबिसीले जनाएको छ ।
बकिङ्घम प्यालेसले स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको पुष्टि गरेको छ । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।
उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो।
फेसबुक पेज Like गर्नुहोस