सिंहदरबारमा कार्यरत ७ सय कर्मचारीको स्वाब संकलन
खबर एक्सप्रेस
२०७७-०४-१४ ०४:३६ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा कार्यरत कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
काठमाडौंमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सिंहदरबार कार्यरत कर्मचारीको नमूनाका लागि स्वाब संकलन गरिएको हो । मन्त्रालय, सुरक्षाकर्मी, सवारी चालकमा खटिएका कर्मचारी तथा बाहिरी मान्छेको सम्पर्कमा रहने करिब ७ सय जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न लागिएको जनाएको हो ।
काठमाडौं उपत्यकाभित्र मंगलबार ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । तीमध्ये २३ जना प्रहरी रहेका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस