आठ प्रहरीको हत्या गर्ने विकास दुबे पक्राउ
खबर एक्सप्रेस
२०७७-०३-२५ १२:१६ मा प्रकाशित
Total Shares: 330
एजेन्सी - भारतको कानपुरमा आठ प्रहरीको हत्या गरेर फरार रहेका विकाश दुबे पक्राउ परेका छन् ।
मध्यप्रदेशको उज्जैन भन्ने स्थानमा रहेको महाकाल मन्दिरबाट बिहीबार बिहान पक्राउ परेको बीबीसी हिन्दीले जनाएको छ । अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ।
अघिल्लो साता उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका थिए।
बिहिबार बिहान दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि प्रहरीको ठुलो टोली गएर पक्राउ गरेको हो । प्रहरीले दुबेबारे सूचना दिनेलाई पाँच लाख भारु इनाम दिने घोषणा गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस