प्रहरी मुख्यालयका थप १८ जनामा कोरोना, संक्रमितको संख्या ७२ पुग्यो
खबर एक्सप्रेस
२०७७-०४-१६ ०१:४१ मा प्रकाशित
Total Shares: 253
काठमाडौं - नेपाल प्रहरीको मुख्यालयमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हेडक्वाटरमा संक्रमित हुनेको संख्या ७२ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी मुख्यालयमा कोरोना संक्रमितको सख्या ७२ पुगेको हो।
हिजोसम्म ५४ जना संक्रमित थिए भने बिहीबार राति १८ जना थपिएका हुन्। यो सँगै देशभर कोरोनाबाट संक्रमित प्रहरीको संख्या २ सय ५० पुगेको छ। ती मध्ये १०१ जना ठिक भइसकेको कडायतले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस