कोरोना भाइरस जनावरबाटै मानिसमा सरेको डब्ल्यूएचओको दाबी
खबर एक्सप्रेस
२०७७-०१-१० ०१:२४ मा प्रकाशित
Total Shares: 732
काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ ।
चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै डब्ल्यूएचओले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो ।
जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको डब्ल्यूएचओ प्रवक्ता फडेला चैबले बताएका छन् ।
गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस