काठमाडौं - अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

आज भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ताका लागि दूतावासमा बोलाएर फेरि भिसा दिन अस्वीकार गरेको हो ।

विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो ।