गेटाफेमाथि भ्यालेन्सियाकाे जित
काठमाडौं - स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा गेटाफेमाथि १–० को जित निकाल्दै भ्यालेन्सियाले लिगमा सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको तेस्रो मिनेटमा नै ह्युगो गुइलामोन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । त्यसका बाबजुद ११औं मिनेटमा कार्लोसले पेनाल्टीमार्फत गोल गर्दै भ्यालेन्सियालाई जित दिलाए ।
खेलको ७६औं मिनेटमा एरिक काबाकोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे पनि १० खेलाडीमा सिमित भएको थियो ।
जितसँगै भ्यालेन्सियाले नयाँ सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । पराजित गेटाफे अंकबिहीन छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस