एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानमा कोरोना भाइरसको परिक्षण गरिने भएको छ ।

केहि दिनअघि भेटेका प्रख्यात समाजसेवी फैसल एधीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि खानको परिक्षण गर्न लागिएको हो । उनका डाक्टरका अनुसार मंगलबार कोरोना परिक्षण गर्न लागिएको जानकारी दिए ।

त्यहाँका स्थानिय सञ्चारमाध्यमले शौकत खानुम मेमोरियल क्यान्सर अस्पतालका सिईओ फैसल सुल्तानलाई उदृत गर्दै खानलाई विशेष परिक्षणका लागि सिफारिस गर्ने तयारी भैरहेको जनाएका छन् ।

प्रोटोकोल अनुसार कोरोना भाइरस लागेका व्यक्तिलाई भेट गरेकाहरु आइसोलेशनमा बस्नुपर्छ। हालसम्म पाकिस्तानमा कोरोना भाइरसबाट २ सय ९ जनाको मृत्यु भएको छ भने साढे ९ हजारमा संक्रमण पुष्टि भएको छ ।

एधीले प्रधानमन्त्री खानलाई कोरोना भाइरस राहत कोषका लागि १० करोडको चेक हस्तान्तरण गर्ने क्रममा भेटका थिए।