महेश काफ्लेको नयाँ गीत ‘लज्जावती झार’ सार्वजनिक
खबर एक्सप्रेस
२०७७-०५-२२ ०९:२८ मा प्रकाशित
Total Shares: 719
काठमाडौं - गायक महेश काफ्लेले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘लज्जावती झार’ बोलको गीत महेशले सोमबार सार्वजनिक गरेका हुन् ।
प्रेमिल गीतमा अस्मिता अधिकारी र महेशको स्वर छ । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि महेश स्वयंको छ । भिडियोमा महेश काफ्लेसँगै आँचल शर्मा र असिम शाह फिचर्ड छन् । हरि हुमागाईंले खिचेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका छन् भने आसिफ शाहले निर्देशन गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस