काठमाडौं - काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका एक हजार २८३ जना, ललितपुरका १५७ जना र भक्तपुरका एक हजार ११२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर भने थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।