काठमाडौं,बुटवल - कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय वृद्ध रहेका छन् ।

ती दुबैको वुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १स्१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।