निषेधाज्ञापछि पोखरामा २० गतेसम्म जोरबिजोर प्रणाली लागू हुने
पोखरा - कास्कीमा निषेधाज्ञापछि २० गतेसम्म जोरबिजोर प्रणाली सुरु हुने भएको छ । यसअघि भदौ १२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेकोमा जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञानप्रसाद ढकालले निषेधाज्ञा नलम्ब्याई जोरबिजोर प्रणाली लागू गर्न लागेको जानकारी दिएका हुन् ।
तर, प्रशासनले सार्वजनिक सवारी साधनहरु बस र माइक्रोबस सञ्चालन नगर्न आदेश दिएको छ । तर, ट्याक्सी र निजी गाडी भने बिहान ६ बजे देखि साँझ ८ बजेसम्म जोरबिजोर प्रणालीमा चल्नेछन् ।
यो अवधिभर मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा क्रियाकलापहरु आयोजना गर्न तथा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । त्यस्तै, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगाशाला, फुटसल, खेलकुद स्थल, जिमखाना फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन लगायत सेवा तथा स्थलहरु नखोल्न पनि आदेशमा भनिएको छ ।
सामाजिक दुरी कायम गरी भिडभाड नहुने गरी सरकारी तथा गैरसरकारी कार्यालयहरु एवं बैंक तथा वित्तीय संस्था तथा सहकारीहरु सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।

कास्कीमा भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । पहिलोपटक ७ गतेसम्मलाई लागु भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस