कस्तो रहला आगामी तीन दिनको मौसम ?
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बिहीबार
दिउसो : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
राती : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
शुक्रबार
दिउसो : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
राती : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
शनिबार
दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ लगाएत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ ।
राती : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ ।
देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस