काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच छलफल भएको छ ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले न्यायालयबारे सत्तारुढ गठबन्धनभित्र छलफल गरेर चाँडै निष्कर्ष दिने आश्वसन दिएका छन् । 

पदाधिकारीले न्यायालयभित्रको अवस्था, जारी आन्दोलन र प्रधान्यायाधीशको बहिर्गमनको आवश्यकताबारे जानकारी गराएका थिए । त्यसको जवाफमा देउवाले दुई–तीन दिनभित्र निकासको पहल गर्ने बताएका हुन् । 

‘प्रधानमन्त्री ज्यूले गठबन्धनका साथीहरूसँग सल्लाह गरेर दुई–तीन दिनभित्र केही निकासको पहल म गर्छु । निकास आउँछ भन्नुभयो,’ बैठकमा सहभागि एक कानून व्यवसायीले भने । 

छलफललगत्तै प्रधानमन्त्री देउवा नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन प्रस्थान गरेका छन् ।