मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
काठमाडौं,पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।
शुक्रबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ३१ सांसदले मतदान गरे । विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।
प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेका छन् ।
संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, उनले एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस