कोरोनाका कारण थप एकको मृत्यु, मृतकको संख्या ६३ पुग्यो
खबर एक्सप्रेस
२०७७-०४-२१ ०८:२२ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
अस्पताल स्रोतका अनुसार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
मनमोहन अस्पतालबाट १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस