कार्यकर्तालाई जिम्मेवार बन्न प्रकाशमानको आग्रह
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
नेता सिंहले शनिबार राजधानीमा अयोजित शुभकामना आदानप्रधान कार्यक्रममा बोल्दै कार्यकर्ता जिम्मेवार बने मात्र कांग्रेस बलियो हुने बताएका हुन् । कार्यकर्ता जिम्मेवार र गम्भीर भए मात्रै कांग्रेसले जनताको मन जित्न सक्ने उनको भनाइ थियो ।
त्यस्तै वर्तमान सरकारले जनताले दिएको जनादेश अनुसार काम गर्न नसकेको समेत सिंहले बताए । महंगी, चरम असुरक्षा, नैतिक आचरणमा समेत हरेक दिन दुईतिहाईको सरकार खस्कँदै गएको उनको भनाइ छ ।
सरकारका गतिविधिले दुई तिहाईको हैसित जनता सामु प्रष्ट भएकाले सरकार असफल भएको सिंहको दाबी छ । उनले सरकारले राम्रो काम गरोस् भन्ने जनचाहनालाई समयमा नै सम्बोधन गर्न अझै पनि सचेत रहन सरकारलाई सुझाव समेत दिए । उनले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस