एसीसी यू-१९ एसिया कप : नेपाल आज बंगलादेशसँग खेल्दै
खबर एक्सप्रेस
२०८१-०८-१६ ०७:२९ मा प्रकाशित
Total Shares: 53
काठमाडौं - एसीसी यू–१९ एसिया कपमा आज नेपाल र बंगलादेश भिड्दै छन् ।
दुबईमा जारी प्रतियोगितामा नेपालले बंगलादेशसँग नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल्दै छ ।
पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल आज जित्नै पर्ने दबाबसहित मैदान ओर्लिने छ ।
शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
फेसबुक पेज Like गर्नुहोस