काठमाडौं,एजेन्सी - इजरायल र प्यालेस्टाइनबीच पछिल्लो केही हप्तादेखि युद्ध चलिराखेको छ । एक देशले अर्को देशमाथि रकेट बम हानीरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार इजरायलको आक्रमणमा परी २१३ जना प्यालेस्टिनीहरुको मृत्यु भएको छ जसमध्ये ६४ जना बच्चाहरु रहेका छन् ।

त्यस्तै १४०० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलले गाजा क्षेत्रमा लगातार एयरस्ट्राइक गर्दै आइरहेको छ ।

रिपोर्टका अनुसार ४० हजारभन्दा बढी प्यालेस्टिनीहरु सुरक्षाका लागि दौडधुप गरिरहेका छन् । त्यस्तै २५०० जना प्यालेस्टिनीहरुले घर गुमाएका छन् । 

त्यस्तै इजरायलतर्फ पनि क्षति भएको छ । प्यालेस्टाइनले गरेको आक्रमणमा परी १२ जना इजरायलीले ज्यान गुमाएका छन् । 

इजरायलले गरेका रकेट बम आक्रमणमा परी प्यालेस्टाइनको एउटा ठुलो कोरोना परीक्षण केन्द्र ध्वस्त भएको छ । युद्धविराम गर्न पहल भइरहेको पनि मिडिया रिपोर्टमा उल्लेख छ ।