- टुँडिखेलमा विशेष समारोह गरी मनाइयो संविधान दिवस
खबर एक्सप्रेस
२०८१-०६-०३ ११:१८ मा प्रकाशित
Total Shares: 115
काठमाडौं - टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ।
सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो।
संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस