सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
काठमाडौं - सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरुको व्यवस्थापनका लागि प्रतिपरिवार २५ हजार दिने भएको छ ।
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्ती हटाउँदा विस्तापित भएका सुकुम्बासीलाई प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसैगरी जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई बसोबास व्यवस्थापन खर्चस्वरुप पाँच सदस्य भएको परिवारलाई राहतस्वरुप १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार प्रतिमहिनाका दरले हाललाई ३ महिनाका लागि उपलब्ध गराउने निर्णय पनि गरेको छ।
यस्तै बैठकले सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, नेपाल राष्ट्र बैङ्क २०५८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस